खोप ! खोप !! खोप !!! ‘‘देशको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप ।’’
साउनको चर्को घाम र झरीमा भिज्दै दिनभर खोपका लागि लाइन बस्ने तर साँझ परेपछि खोप सकियो भन्दै फर्काउने र फर्किने प्रवृत्ति देशभर नै देखियो । गर्मीको परवाह नगरी खोपका लागि भन्दै दिनभर लाइन बसेर साँझ खोप नलगाई फर्किनुपर्दा दुःख लागेको हेटौंडा-९ की रमिला सापकोटाले बताइन् । कोभिशिल्डको दोस्रो डोज लगाउन खोप केन्द्र पुगेकी उनलाई झण्डै ४ घण्टा लाइन बसेर पछि खोप सकिएको भन्दै फर्काइएपछि सामाजिक सञ्जाल फेसबुकमा उनले गुनासो पोखिन् ।
सरकार र सम्बन्धित निकायले पूर्वतयारीअन्तर्गत बैठक र योजना बनाएर मात्र हुँदैन, जोखिमयुक्त बस्तीमा स्थानीय सरकारले नागरिकलाई पूर्वसचेत बनाउनुपर्छ । त्यसो भयो भने क्षति घटाउन सकिन्छ ।
कोविड–१९को दोस्रो लहरमा पनि अनेकौं शारीरिक तथा मानसिक तनावको सामना गर्दै पत्रकारितामा सक्रिय पत्रकार तथा संचारकर्मीहरुलाई ध्यानमा राखी बिपद पत्रकारिता सञ्जाल (डिजेएन) ले आज भर्चुअल तनाव व्यवस्थापन परामर्श कार्यक्रमको आयोजना ग¥यो ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा २७ गते रातीको भीषण पहिरोले क्षतिकाे सभामुख अग्निप्रसाद सापकोटाले स्थलगत निरीक्षण गरी जानकारी लिनुभयो । स्थानिय पहिरो पीडित/प्रभावितहरुसँग उहाँले छलफल पनि गर्नुभयो ।
देशमा कोरोना, कोविड १९ को महामारी शुरु हुनुभन्दा अघिको तयारी तथा शुरु भएदेखि कति कार्यविधि र मापदण्ड तयार भए होलान् ? कुनै मापदण्ड तथा कार्यविधि खोज्नु पर्यो भने खोज्ने व्यक्तिले केही समयका लागि सकस नै गर्नु पर्छ । कारण हो, मापदण्ड, निर्देशिका र कार्यविधि यति बने कि बनाउनेले नै खोज्न चाह्यो भने पनि उसले केही क्षण त मिहेनत गर्नै पर्छ ।
सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई तत्काल अस्थाई बसोबासको व्यबस्था मिलाउँदै सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी बनेको छ ।
कोविड–१९ को फैलावट कहाँबाट भयो, कसरी भयो, कसले ग¥यो लगायतका प्रश्नहरू एक ठाउँमा छ र त्यसका विषयमा आरोप तथा प्रत्यारोपहरू जस्तोसुकै भएपनि यो कसरी फैलिन्छ र त्यसबाट कसरी जोगिने भन्ने प्रश्न पनि अहं प्रश्न हो । यद्यपि, यस लेखको विषयवस्तु यही संक्रमणका बीच नेपालमा मनाईने केही साँस्कृतिक पर्वहरूलाई संक्षिप्त रूपमा उदाहरणको रूपमा समेट्ने प्रयास गरिएको छ ।
लगातारको प्राकृतिक विपत्तिले थलिएको सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदिमा खसेको पहिरोले ३७ घरमा गम्भीर क्षति पुगेको छ, जसमध्ये १३ घर पूर्णतःपुरिएका छन् । पहिरोमा परेका ३८ जना स्थानीयमध्ये ११जनाको शव निकालिएको छ । वि.सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण ठूलो जनधनको क्षति र भौगोलिक रुपमा जर्जर भएको भूगोलका कारण अविरल बर्षापछि गाउँमाथिबाट बज्रपात भएको छ ।
तत्काल प्राधिकरणले शाखा शुरु गरेको छैन । आगामी दिनमा देशभर शाखा बिस्तार गर्ने भन्ने छ । समन्वयको कुरा गर्दा निराश भईहाल्नुपर्ने अवस्था छैन । केन्द्रदेखि स्थानीय तहसम्मै समन्वयलाई प्रभावकारी बनाउनु अपरिहार्य छ ।
कतिपय स्थानमा मान्यता विपरित खोलालाई साँघुरो बनाउँदा कहिल्यै डुवान नपर्ने काठमाडौंका बस्तीहरु वर्षातमा जलमग्न भएर डुबाउन थालेको पाइन्छ । कलंकी, भक्तपुरको गत वर्षको डुवान, थापाथली, गोंगबु, सामाखुशीको डुबान यसका प्रमुख उदाहरण हुन् ।
कोरोना भाइरसका कारण मान्छेसँग मान्छे डराउनुपर्ने र पर्यटकसँग समेत तर्सनुपर्ने अवस्था आएको व्यवसायी बीचको एक भेलामा उनले बताए । मान्छेसँग मान्छे डराउनुपर्ने अवस्थामा अतिथि तथा पर्यटकको सुरक्षित र न्यानो स्वागत कसरी हुन सक्ला ? कयो अहिलेको अहं प्रश्न हो ।
काठमाडौं उपत्यकाका धेरै नीजि विद्यालयले अनलाइनमार्फत पठनपाठन सुरु गरेका छन् । त्यसैगरी सामुदायिक विद्यालयहरूमा रेडियो टेलिभिजन कार्यक्रम सुन्नु र हेर्नुका साथै विद्यालयबाट उपलब्ध गराइएको पुस्तक घरमा बसेर पढ्ने अवसर विद्यार्थीले पाएका छन् । तर ग्रामिण क्षेत्रमा रहेका अधिकांश विद्यालयलाई क्वारेन्टाइन स्थल बनाइएकोले त्यहाँका विद्यार्थीलाई विद्यालयबाट न त पाठ्यपुस्तक नै उपलब्ध गराइएको छ, न उनीहरूको रेडियो टेलिभिजनमा पहुँच नै हुन्छ ।
मरे पनि आफ्नै जन्मभूमिमा मरिन्छ भनेर कोरोना संक्रमणको बीच छिमेकी मुलुक भारतबाट पाँच दिनको बाटो हिडेर बुद्धभूमि नगरपालिका पुगेका आठ जना महिलाहरूले आफ्नो गाँउ ठाउँमै कोरोना लिएर आएको भनी अपमान मात्र सहनु परेन, क्वारेन्टाइनमा समेत कहिल्यै नसोचेको पीडा भोग्नु पर्याे ।
विश्वमा फैलिएको रोग कोरोनाले नयाँ जीवन पाउन लागेका सन्ततीको पाइला कति रोकेको छ वा आमाको बाटो कति छेकेको छ, त्यो नयाँ अध्ययनको विषय होला तर अहिले नेपालमा पनि ज्यान लिने कोरोना संक्रमण र जन्मदिने सुत्केरी आमाको लडाई भने जारी छ ।
विपद पत्रकारिता सञ्जाल, (डिजेएन)ले संजाल सदस्यहरूका लागि तनाब व्यवस्थापनसम्बन्धी तालिममा तालिमको आयोजना ग-यो । जुलाई १८ मा आयोजित तालिम कार्यक्रमका प्रशिक्षक तथा मनोविद सुजिता बानियाँ हुनुहुन्थ्यो ।