17 Jul 20

पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) तथा विपद् पत्रकारिता सञ्जालले पचास जना पत्रकार महिलालाई कोभिड–१९ को संक्रमणबाट जोगिने स्वास्थ्य सामग्री वितरण गरेको छ ।

काठमाडौं महानगरपालिका र बर्न माउथ युनिभर्सिटीको सहयोगमा शुक्रवार यहाँ आयोजित एक कार्यक्रममा पत्रकार महिलालाई स्यानीटाइजर, पञ्जा (ग्लोब्स ) र मास्क हस्तान्तण गरिएको हो । काठमाण्डौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ट खड्गीले ती स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।

कार्यक्रममा उपप्रमुख खड्गीले कोभिड–१९ बाट शुरुमा काठमाडौँ उपत्यकामा सुरक्षित भए्पनि उपत्यका छिर्ने सीमानाका कडाई गर्न नसक्दा असुरक्षित हुँदै गएको हुनाले सुरक्षित भएर काम गर्न जरुरी भएको बताउनुभयो । उहाँले जस्तोसुकै विपद्मा पनि पत्रकारले काम गर्नुपर्ने भएको हुँदा सुरक्षित भएर काम गर्नका लागि स्वास्थ्य सामग्री अनिवार्य रुपमा लगाउन आग्रह गर्नुभयो ।

डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले पत्रकार महिलालाई सुरक्षित रुपमा काम गर्नका लागि थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

कोशी बाँधः बाढी र बस्तीको लुकामारी

नदीले धार परिवर्तन गर्ने बित्तिकै खाली जग्गामा बस्ती बस्ने चलनलेगर्दा यस्तो समस्या आएको कतिपयको बुझाई छ । कोशीको सम्बन्धमा भने असमान सन्धी नै मुख्य कारण रहेको नेपालका भूगोलविद् तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन् ।
Read more

पत्रकारहरुलाई तनाव व्यवस्थापन तालिम

विपद पत्रकारिता सञ्जाल, (डिजेएन)ले संजाल सदस्यहरूका लागि तनाब व्यवस्थापनसम्बन्धी तालिममा तालिमको आयोजना ग-यो । जुलाई १८ मा आयोजित तालिम कार्यक्रमका प्रशिक्षक तथा मनोविद सुजिता बानियाँ हुनुहुन्थ्यो ।


Read more