14 Aug 20

सिन्धुपाल्चोकको पहिरोले १३ घर पुर्यो

डिजेएन

३० साउन, काठमाडौं ।

लगातारको प्राकृतिक विपत्तिले थलिएको सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदिमा खसेको पहिरोले ३७ घरमा गम्भीर क्षति पुगेको छ, जसमध्ये १३ घर पूर्णतःपुरिएका छन् । पहिरोमा परेका ३८ जना स्थानीयमध्ये ११जनाको शव निकालिएको छ ।  वि.सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण ठूलो जनधनको क्षति र भौगोलिक रुपमा जर्जर भएको भूगोलका कारण अविरल बर्षापछि गाउँमाथिबाट बज्रपात भएको छ ।

पहिरोको विपत्तिपछि गृह जिल्ला सिन्धुपाल्चोकको लिदि पुग्नुभएका संघीय संसद, प्रतिनिधि सभाका  सभामुख अग्निप्रसाद सापकोटाबाट जारी विज्ञप्तीमा भनिएको छ,, “आजबिहान म पहिरो स्थल पुुगें । तत्काल ५जना घाइतेको उद्दार गरी उपचारका लागि चौतारा र काठमाडौँ पठाइयो । स्थानीयले आफ्नो गाउँमा परेको पीडाबारे जानकारी गराउनुुभयो । पहिरो स्थल पुुगेको नेपाली सेनाको टोलीसँगको समन्वयमा तत्काल खोजीकार्य सुरु गरियो ।  नेपाली सेना, नेपालप्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा पुरिएकाहरुको खोजीकार्य जारी छ । पहिरोका कारण विस्थापित भएकाहरुका लागि तत्काल राहत सामग्री पठाउने काम भएको छ । बेपत्ताहरुको खोजी र पुनस्र्थापनाका लागि पहल जारी रहने छ ।”

यसैगरी, गए रातिकालीकोट जिल्लाको महावै गाउँपालिकामा खसेको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको र मकवानपुरमा पनि एक जनाको मृत्यु भएकोे छ ।

सिन्धुपाल्चोकको लिदिबाट उद्दार गरी चौतारा अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने काठमाडौंस्थित सिभिल अस्पतालमा एकजना घाइतेको उपचार भइरहेको छ ।
 
तस्वीरहरू ः श्रीधर न्याैपाने





Author:

कोशी बाँधः बाढी र बस्तीको लुकामारी

नदीले धार परिवर्तन गर्ने बित्तिकै खाली जग्गामा बस्ती बस्ने चलनलेगर्दा यस्तो समस्या आएको कतिपयको बुझाई छ । कोशीको सम्बन्धमा भने असमान सन्धी नै मुख्य कारण रहेको नेपालका भूगोलविद् तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन् ।
Read more

पत्रकारहरुलाई तनाव व्यवस्थापन तालिम

विपद पत्रकारिता सञ्जाल, (डिजेएन)ले संजाल सदस्यहरूका लागि तनाब व्यवस्थापनसम्बन्धी तालिममा तालिमको आयोजना ग-यो । जुलाई १८ मा आयोजित तालिम कार्यक्रमका प्रशिक्षक तथा मनोविद सुजिता बानियाँ हुनुहुन्थ्यो ।


Read more