काठमाडौं । कोविड–१९को दोस्रो लहरमा पनि अनेकौं शारीरिक तथा मानसिक तनावको सामना गर्दै पत्रकारितामा सक्रिय पत्रकार तथा संचारकर्मीहरुलाई ध्यानमा राखी बिपद पत्रकारिता सञ्जाल (डिजेएन) ले आज भर्चुअल तनाव व्यवस्थापन परामर्श कार्यक्रमको आयोजना ग¥यो । विभिन्न जिल्लाबाट पैंसट्ठी जनाभन्दा बढी पत्रकारहरुको सहभागिता रहेको उक्त परामर्श कार्यक्रममा मनोविद् करुणा कुँवरले तनाव कसरी उत्पन्न हुन्छ र कसरी व्यवस्थापन गरेर मानसिक रुपमा स्वस्थ हुने भन्ने जानकारी दिनुका साथै अभ्यास पनि गराउनु भएको थियो ।
अग्रपंङ्तिमा रही काम गरिरहेका पत्रकारहरुमा अरुलाई भन्दा बढी तनाव हुनसक्ने भन्दै मनोविद कुवँरले पत्रकारले यसका लागि काम र घरको कुरालाई सन्तुलित राख्नु पर्नेमा जोड दिनु भयो । महामारीको यस घडीमा अरुले भन्दा बढी नकारात्मक कुराहरु देख्ने र सुन्ने वर्ग पत्रकार नै हुने भएका कारण यस्ता नकारात्मक कुराहरुबाट बच्न जुनसुकै समयमा पनि आफूलाई कसरी चिन्ने, आफूले आफैलाई माया गर्ने तरिकाहरुको अभ्यास गराउनु भयो । यस क्रममा मनलाई एकाग्र बनाउनुृका शरीरका विभिन्न भागको अवलोकन गर्ने, शारीरिक अभ्यास गर्ने, आफूले आफैलाई सुम्सुम्याउनुका साथै धाप दिने कुराहरु सिकाउनुभएको थियो । यसरी नै संसारमा कुनै पनि कुरा नित्य नभएर अनित्य मात्रै भएको र कोविडको यो महामारी पनि एक दिन अवश्य नै अन्त्य हुने मनमा राखेर हिड्नु पर्ने परामर्श दिनुभयो ।
पत्रकारहरुका लागि सुझाव दिँदै उहाँले थप्नुभयो– हामी हाल विश्वलाई नै तहसनहस बनाइरहेकोको कोभिड महामारीबाट कसरी सुरक्षित रहने, पत्रकारहरूले आफ्नो सुरक्षा कसरी गर्ने, फिल्डमा निस्कदा कसरी सुरक्षित रहने, कस्ता कस्ता कुराहरू पाठकसमक्ष पस्किने र सधैं नराम्रो खराव समाचार मात्रै नभएर राम्रो र सकारात्मक कुरालाई जोडेर सन्देशमुलक कामहरू गर्न सक्छौं ।
मानिसलाई रिस उठ्छ, कहिले थकान महसुस हुन्छ, कहिले ज्यान भारी हुन्छ । कहिलेकाहीँ परिवारबिचमा मनमुटाव बढेको पनि हुन्छ । सानानानी बाबुहरूले नचाहिदोँ काम गरेर रिस उठाएको हुन सक्छन् ती कुराहरूलाई विस्तारै कान्ट्रोल गर्न
उहाँले सहभागीहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागीहरुले आफूले अनुभव गरेका मानसिक पीडालाई वास्तविक मानसिक पीडा हो होइन, निराकरण गर्ने उपायका सम्बन्धमा पनि मनोविद् कुँवरसँग छलफल गरेका थिए ।
युएनडिपि नेपालको सहयोगमा आयोजित यस कार्यक्रममा सम्बोधन गर्दै उक्त संस्थाका आवासीय प्रतिनिधि आइशानी लाबेले राम्रो विषयमा पत्रकारहरूलाई तालिम दिने कार्यमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । साथै, कार्यक्रमले धेरै पत्रकार लाभान्वित भएको विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा डिजेएनका अध्यक्ष अमिका राजथलाले पत्रकारमा हुने मानसिक तनाव व्यक्तिगत समस्या मात्रै नभएर यसले पाठक, दर्शक, स्रोता तथा अन्यलाई पनि प्रत्यक्ष प्रभाव पर्ने भएका कारण भर्चुअल रुपमा भएपनि यस प्रकारको कार्यक्रम आयोजना गर्नु परेको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकार महासंघले पत्रकारहरुका लागि गर्दै आएको कामको जानकारीका साथै आफ्ना विशेष सीपलाई तनाव व्यवस्थापनको माध्यमका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । यस्तै, पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले पत्रकारको विपद व्यवस्थापनका लागि स्वास्थ्य सहयोगदेखि राहत व्यवस्थापनको कामसमेत गर्दै आएको बताउनुभयो । क्रियाशील पत्रकार महिलाका अध्यक्ष निर्मला आचार्यले व्यक्तिगत रुपमा पनि कोविड संक्रमितका लागि सहयोग गर्दा भोग्नु परेका तीता अनुभव सहभागीहरु माझ बाँड्नुभयो । कार्यक्रममा युएनडिपी नेपालका संचार प्रमुख कमलराज सिग्देलको पनि उपस्थिति रहेको थियो ।