काठमाडौं । विपद पत्रकारिता सञ्जाल, (डिजेएन)ले संजाल सदस्यहरूका लागि तनाब व्यवस्थापनसम्बन्धी तालिममा तालिमको आयोजना ग-यो । जुलाई १८ मा आयोजित तालिम कार्यक्रमका प्रशिक्षक तथा मनोविद सुजिता बानियाँ हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘‘आफूलाई संयम बनाउन नसक्ने अवस्थामा तनाव हुन्छ, यो जति बेला पनि हुनसक्छ ।’’
मनोविद बानियाँका अनुसार सुरुक्षामा अप्ठ्यारा तनावजस्तो अवस्थामा पनि हुनसक्छ । नकारात्मक अवस्थामा मात्रै तनाव हुन्छ भन्ने छैन । खुसीको क्षणलाई सम्हाल्न नसक्दा पनि तनाव नै उत्पन्न हुने गर्दछ । त्यस्तो क्षणमा एक खालको प्रेसर पैदा हुन्छ र त्यसले शरीरमा प्रभाव पार्दा तनाब उत्पन्न गर्छ ।
तनावमा हुने अवस्था अन्दाज नै गर्न नसकिन,े कुनै घटना भएको अवस्थामा, विवाह, करियरजस्ता नयाँ स्थितिले पनि प्रेसर दिन्छ । भविष्यमा के गर्छ भन्ने थाहा नभएको अवस्थामा पनि तनाव बढाइदिन्छ । कोभिडको कुराले पनि तनाव उत्पत्ति गरिरहेको हुन्छ ।
तनाबका लक्षण बताउँदै मनोविद् बानियाँ भन्नुहुन्छ, तनावको बेला सुरुमा टाउको भारि हुने, कसैले थिचिरहेको जस्तो लाग्ने, घाँटी र काँधको भाग दुखिरहेको जस्तो र भारि भएको अनुभव हुन्छ । ढाड र छाती पनि भारि भएजस्तो हुन्छ । कसैकसैको पेट दुख्छ । यसरी नै कसैलाई कब्जियत हुन्छ त कसैकसैलाई भोक लाग्यालाग्यै हुन्छ । छालाको एलर्जी हुनाका साथै अरु संक्रमणले चाँडै टिप्ने, आँखा दुख्ने हुन्छ । जब तनाव हुन्छ, दुःख लाग्ने, रिस उठ्ने, पसिना आउँने र सास फेर्न पनि गा¥हो हुने जस्ता लक्षण देखिन्छ ।
यस्तै, काममा ‘फोसक’ हुन गा¥हो हुन्छ । काम सिध्याउन धेरै समय लाग्ने तथा ढिलो हुन्छ । अरु कुराहरु दिमागमा आइरहेको हुन्छ । साथै हरेक कुरामा कचकच गर्ने स्वभाव बढ्नुका साथै रक्सी, चुरोट र गाँजा आदि खानेजस्तो व्यवहारमा पनि परिवर्तन आउन थाल्छ ।
तनावको सिर्जना मोबाइल फोनबाट पनि हुने कुरा औंल्याउँदै उहाँ भन्नुहुन्छ, ‘‘ठुलालाई एक घन्टा र बच्चाहरुलाई आधा घण्टाभन्दा बढी मोबाइल डिभाइज दिनु नै हुँदैन । यसको लत नै लाग्यो भने पनि तनाब हुनसक्छ ।’’
कोरोना संक्रमण बढेको अवस्था, कोभिडका कारण लकडाउन भएको र स्कूलका बच्चाहरुको पढाई अनलाइनमा हुँदा पनि बालबालिकामा तनाव उत्पन्न हुने गरेको छ । यस अवस्थामा तनाव उत्पन्न नहोस भन्नाका लागि शिक्षकहरु नै सजग हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँका अनुसार क्लासलाई मनोरञ्जनात्मक र आकर्षक बनाउन शिक्षकले विभिन्न उपायहरु अपनाउनु पर्दछ । अनलाइन क्लासमा बसेबापत विद्यार्थीलाई ‘रिवार्ड’ गर्न सकेपनि त्यसले राम्रै नतिजा दिने हुन्छ ।
परामर्शमा सिकाइएका कुराहरु जहाँ पनि गरेर अभ्यास गर्न सकिने र त्यो अभ्यास गरिरहँदा आफूलाई तनाब भएको कुरा सँगैको सहकर्मीले पनि चाल नपाउने प्रकृतिको रहेकोले तालिम ज्यादै उपयोगी भएको फोटो पत्रकार अनुप प्रधानले बताए । कोविड १९ले निम्त्याएको दारुण अवस्थाले कतिपय अवस्थामा मानसिक रुपमा फ्रेश हुन गाह्रो हुने, कामका क्रममा रोग आफूलाई पनि सर्ला कि, सर्यो कि भन्ने त्रासले मानसिक तनाव तथा आफूमा अत्यधिक आशंका हुने गरेकोमा तालिमले फोटो पत्रकारित ागर्न अबका दिनमा थोरै भए पनि आत्मविश्वास जगाएको बताउनुभयो ।
कस्तो कस्तो अवस्थामा तनाव हुन्छ र त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति, अभ्यास तथा अन्तरक्रियाको माध्यमबाट कार्यक्रम संचालन भएकोले कार्यक्रम निकै जीवन्त बनेको थियो । कार्यक्रममा विपद पत्रकारिता सञ्जालका सदस्य संस्थाका पत्रकार तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । कतिपय पत्रकारहरुले कोविड भएपछिका आफ्ना लक्षणहरुको बारेमा छलफल गरेका थिए । कतिपय पत्रकारहरुले मनोविद् बानियाँसँग व्यक्तिगत रुपमा सम्पर्क गरेर पनि आफ्नो स्वास्थ्य समस्याका बारेमा छलफल गरेका थिए ।
सञ्जालका अध्यक्ष अमिका राजथलाको संयोजकत्वमा भएको कार्यक्रममा करीव ३५जनाको सक्रिय सहभागिता रहेको थियो ।