Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

विश्व वातावरण दिवस: वातावरण र विपदबारे छलफल

Posted on April 12, 2024 by admin

काठमाडौं । विपद् पत्रकारिता सञ्जाल (डिजेएन)को आयोजनामा डिजास्टर डाइलग कार्यक्रममा वातावरण र विपदका विषयवस्तुमा  छलफल  सम्पन्न भएको छ । विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा डिजेएनले भर्चुअल माध्यमबाट कार्यक्रम गरेको हो ।

कार्यक्रममा एनसेटका कार्यकारी उपनिर्देशक डा. गणेश कुमार जिमीले कार्यक्रम वातावरण र विपद एक सिक्काको दुई पाटो रहेको उल्लेख गर्दै कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताउनुभयो । उहाँले भुकम्पसँग जोडिएर हुने घटना जस्तै पहिरो, आगलागी लगायतका प्रसंगमा पूर्व तयारीमा अझै कमजोरी रहेको समेत उल्लेख गनुभयो ।

संचार विज्ञ डा. कृति भुजुले अझै पनि वातावरणको बिषयलाई नेपालका संचार माध्यमले  कमस्थान दिएको बताउनु भयो । वातावरणको विटमा काम गर्ने पत्रकार निकै कम रहेको बताउँदै उहाँले त्यसको लागि मिडियाले छुट्टै अबसर नदिएको समेत बताउनुभयो । जिआईएस प्रयोग गर्ने, विपदबाट हुने क्षतिको न्युनीकरण गर्न विभिन्न टेक्नोलोजी सहितको एप्सहरु प्रयोग गर्नुपर्नेमा  जोड दिनु भयो ।

कार्यक्रममा आर्शो नेपालका अध्यक्ष जितराम लामाले भौगोलिक वनावटका कारण पनि प्राकृतिक विपद्सँग जुद्दै आएको र यसलाई हामीले रोक्न  नसक्ने बताउँदै  विपद्को क्षति न्यूनीकरणका लागि पूर्व तयारीदेखि धेरै काम गर्न पर्ने बताउनुभयो ।

प्राकृतिक विपद्, जलवायु परिवर्तनको विषयमा सरकार, गैह्रसरकारी संस्थाको फरकफरक बुझाई भएको कारणले पनि यसको रिजल्ट आउन अप्ठारो भएको बताउँदै उहाँले नीति तथा योजना, ऐन कानुनलाई स्थानीयकरण गर्दै स्थानीय नागरिकलाई विपत्को सामना गर्नु प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । विपद्पछि पुर्ननिर्माणसँगै आर्थिक आर्यआर्जनका काम गर्नुपर्ने उहाँको भनाइ छ ।

डिजास्टर प्रिपेडनेस नेटवर्क, डिपिनेटका अध्यक्ष सूर्यबहादुर थापालेविपद् जोखिम न्युनीकरण र वातावरणीय क्रियाकलाप एकअर्काका परिपुरक रहेको हुँदा मानवीय क्षती कम गर्न र भौतिक संरचनालाई जोगाउनका लागि विपद् र वातावरणको क्षेत्रमा काम गर्ने सरकारी तथा गैह्रसरकारी संस्था एक भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । विपद् जस्तो सुकै भएपनि यसले जिविकोपार्जनलाई असर गर्ने भएको हुँदा काम गर्दा वातावरणीय प्रभावलाई ध्यान दिन सम्वन्धित निकायको ध्यान जानपर्ने बताउनुभयो । यी सवै विषयलाई संचारमाध्यमले अत्यन्तै प्रभावकारी ढंगले उठान गरेर आम नागरिकलाई सचेत गराउनुपर्ने उहाँले बताउनुभयो ।

चुरेको दोहन बढेको बढ्यैछ, शहरभित्रै डुबान, चट्याङले वर्षेनी ज्यान गुमाउने मानिसको संख्या बढ्दै गएको बताउँदै विपद्सँग सम्वन्धित क्षेत्रमा काम गरिरहेका संस्था एक भएर विपद्को जोखिम न्यूनीकरणतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।

वातावरण विज्ञ तथा राष्ट्रिय योजना आयोगका प्राविधिक सल्लाहकार गुणराज श्रेष्ठनेपालमा १५ प्रतिशत महिलाले प्याड प्रयोग गर्ने गरेको बताउँदै नेपाल सरकारले यो वर्ष देशभरका २० हजार सामुदायिक विद्यालयमा निःशुल्क प्लाष्टिकजन्य प्याड वितरण गर्ने र यसले वातावरण प्रदूषण बढाउने बताउनुभयो । त्यसैले उहाँले पुनः प्रयोग गर्न मिल्ने प्याण्डको प्रयोगलाई जोड दिदै वातावरणमैत्री उत्पादनमा जोड दिने विषय भावी योजनामासमेटेर अगाडी बढ्ने तयारी भईरहेको बताउनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकावातावरण निरीक्षक रिना चौधरीले प्राकृतिक विपद्, लगायत अहिले देशभर डढेलोको समस्या र तराईका क्षेत्रमा लु को समस्या दिनप्रति बढेको अवगत गराउँदैवन डढेलोको समस्या यो वर्ष अझै नसकिएको हुँदा यसको क्षति यति नै भनेर अहिले भन्न नसकिने बताउनुभयो । प्लाष्टिकजन्य वस्तुको प्रयोगले दिनप्रतिदिन वातावरण प्रदुषण बढ्दै गएको बताउँदै उहाँले यसको डिस्पोज गर्न समस्या भएको हुदाँ सकेसम्म प्रयोग नै कम गर्नुपर्ने बताउनुभयो ।

वातावरणसँग सम्वन्धित विषयलाई उठान गरेर यसको समस्या न्यूनीकरणमा डिजेएनले गरेको प्रयासको प्रसंसा गर्दै भोलिका दिनमा सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । कार्यक्रममा सहभागी आयुषा श्रेष्ठ, विज्ञान शर्मा, बसन्त महर्जन, शोभा श्रेष्ठ लगायतले आफ्ना जिज्ञासा तथा सुभाव राख्नुभएको थियो ।

संस्थाका कोषाध्यक्ष देवी सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा स्वागत तथा संस्थाको बारेमा जानकारी अध्यक्ष अमिका राजथलाले गर्नुभएको थियो ।

June 4, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Executive Board Committee (2025, November 15)
  • Glimps of First AGM
  • Disaster Journalism Network Elects New Executive Committee
  • वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान
  • Interaction Program with DJN

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb