Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

“विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पत्रकार अभिमुखीकरण” सम्बन्धी एकदिने कार्यशाला सम्पन्न

Posted on June 24, 2026 by admin

काठमाडौं, असार ३ । कुनै रिपोर्टिङ गर्न जाँदा अकस्मात् प्रहरीले टियर ग्याँस हान्याे भने के गर्ने ? याे प्रश्न हाे, पूर्व भारतीय नेभी आर्मी युवराज लामाकाे ।
प्रश्न खस्न नपाउँदै एक पत्रकारको उत्तर आउँछ, “भाग्ने” !
उत्तर सुनेर एकछिन चुप बसेका लामाले सुझाए- रिपोर्टिङ गर्न गएकाे मान्छे भागेर हुन्छ ? एउटा चुन्नी वा रूमाल (सुतिकाे) र पानी सधै बाेक्ने । टियर ग्याँस हान्ने सम्भावना वा हानेपछि रूमाल भिजाएर अनुहार छाेप्ने, यसाे गर्दा धेरै राहत महसुस गर्न सकिन्छ । पानीको सुविधा छैन भने पिसाब गरेर भए पनि माथिको प्रकृया अपनाउने ।
याे प्रश्नाेत्तर हाे- सूचना तथा सञ्चार मन्त्रालयकाे समन्वयमा विपद पत्रकारिता सञ्जालले आयाेजना गरेकाे “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पत्रकार अभिमुखीकरण” सम्बन्धी एकदिने कार्यशालाकाे छलफल सत्रकाे ।
कार्यक्रमकाे उद्घाटन सत्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले मनसुन भित्रनै लाग्दा विपद् प्रतिकार्य र पूर्व तयारीको कार्य चुस्त ढंगले अगाडी बढाइएको बताइन् । महतकाअनुसार सरोकारावालासँगको समन्वयमा प्राधिकरणले ७ वटै प्रदेशमा विपद् न्यूनीकरणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखेको छ । यद्यपी, महतले सञ्चारक्षेत्रले समेत विपद्मा काम गर्दै आएका सरकारका निकायहरुले गरिरहेको कामबारे जवाफदेहिता खोज्न तथा तथ्यपरक जानकारी दिन तत्पर हुनुपर्ने औंल्याइन् ।
यस्तै, कार्यक्रममा डिपीनेट नेपालका अध्यक्ष बसन्तराज अधिकारीले विपद् सम्बन्धी कलम चलाउँदै आएका पत्रकार तथा सञ्चारक्षेत्रमा आबद्द भएका सञ्चारकर्मीले विभिन्न विपद् सम्बन्धी घटनाका बारेमा गहन अध्ययन गरेर मात्र सुसूचित गरेमा प्रभावकारी हुने उल्लेख गरेका थिए ।
उद्घाटन सत्रपछि “नेपालमा बाढीजन्य विपद पूर्व अनुमान, पूर्व तयारी तथा नयूनीकरणका उपायहरू” विषयमा कार्यपत्र प्रस्तुत गर्दै
जल तथा मौसम विज्ञान विभागकाका सिनियर हाइड्रोलोजिष्ट विनोद पराजुलीले पछिल्लाे समय मौसम पूर्वानुमान मिल्दा बाढी आउने चेतावनी समेत मिल्ने धेरै सम्भावना रहेको र विपद्का घटना कम गराउन सहयाेग हुँदै आएकाे बताए ।
मनसुनमा विगतमा जस्तो क्षति नहोस् भनेर बाढीबाट जोगिन पूर्वसूचना प्राप्त गर्न नेपाल सरकार र चीन सरकारबीच द्धिपक्षीय समझदारी भएकाले चाँडै कार्यन्वयनमा आउने पनि पराजुलीले जानकारी गराए ।

कार्यशालामा बाेल्दै पराजुलीले स्थानीय तहसँग पनि सहकार्य गरेर शीघ्र बाढी लगायत विपद्को पूर्व सूचना दिएर सतर्क गराउन सहकार्य भइरहेको उल्लेख गरे । पराजुलीकाअनुसार बाढी आउनुपूर्व विभिन्न स्थानमा पूर्व सूचनाकाे लागि ६५ स्वचालित उपकरण तथा टावरजडान गरिएको जानकारी दिए ।
पराजुलीपछि पत्रकार तथा डिजेएनका सदस्य महानन्द तिमल्सिनाले विपदका विभित्र आयाम, प्रभाव, राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिगत पक्ष तथा पत्रकारले विपदमा रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने पक्षका बारेमा जानकारी गराएका थिए ।
तिमल्सिनाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी पत्रकारलाई जानकारी हुनै पर्ने विभिन्न कानुनी व्यवस्था लगायतबारे प्रकाश पार्दै विपद् सम्बन्धी उपयुक्त पैरवी गर्न समेत त्यसको सूक्ष्म अध्ययन आवश्यक भएकोमा जोड दिए ।

कार्यक्रममा डीजेएनका अध्यक्ष अमिका राजथलाले लैंगिकता र विपद् सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विपद्मा विशेष गरि महिला, बालबालिका, वृद्धवृद्धालाई विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गरिन् । नीतिगत तहमा तथा पत्रकारले रिपोर्टिङ गर्दा पनि लैंगिक पक्षमा विशेष ध्यान पुर्‍याउनु पर्ने उल्लेख गर्दै अधिकांश विपदमा महिला, बालबालिका बढी प्रभावित हुने तथ्यांक नै प्रस्तुत गरिन् । देशमा अत्यधिक चट्याङले दु:ख दिने मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा चट्याङबाट प्रभावितहरूकाे कथाहरू, बाढी पहिराेले सताइएका महिलाहरू कथा उल्लेख गर्दै हरेक विपदलाई विभिन्न दृष्टिकोणले रिपोर्टिङ गर्न सकिने उनकाे राय थियाे ।
कार्यक्रममा डीजेएनका कोषाध्यक्ष शोभा मानन्धरले संस्थागत चिनारी र स्वागत मन्तव्य दिएकी थिईन् भने सचिव देवी सापकाेटाले सहजिकरण गरेकी थिईन्।
कार्यक्रममा डीजेएनका कोषाध्यक्ष शोभा मानन्धरले संस्थागत चिनारी र स्वागत मन्तव्य दिएकी थिईन् भने सचिव देवी सापकाेटाले सहजिकरण गरेकी थिईन्।

विपद् पत्रकारिताको संस्थागत विकास हुन नसक्दा प्राकृतिक तथा गैरप्राकृतिक विपद्का विभिन्न आयामहरु पनि पत्रकारिताले विस्तृत रुपमा समेट्न नसेको अवस्थामा गठन भएर डिजेएनले पत्रकार तथा सरोकारवाला संघसंस्थाका लागि अभिमूखिकरण कार्यक्रम गर्दै आएको छ । सोही अनुसार डीजेएनले विपद् क्षेत्रमा कलम चलाउँदै आएका र यस विषयलाई विशिष्टिकृत गरेर गर्दै आएका पत्रकारहरुलाई यो तालिम दिइएको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Orientation programme for journalists on “Economic & Non-Economic Loss and Damage in Nepal”
  • विपदबाट हुने गैरआर्थिक क्षतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
  • “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पत्रकार अभिमुखीकरण” सम्बन्धी एकदिने कार्यशाला सम्पन्न
  • Journalist Orientation Program on Disaster Risk Reduction and Management
  • Journalist Orientation Program on Disaster Risk Reduction and Management

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb