Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

Posted on April 11, 2024April 11, 2024 by admin

काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) तथा विपद् पत्रकारिता सञ्जालले पचास जना पत्रकार महिलालाई कोभिड–१९ को संक्रमणबाट जोगिने स्वास्थ्य सामग्री वितरण गरेको छ ।

काठमाडौं महानगरपालिका र बर्न माउथ युनिभर्सिटीको सहयोगमा शुक्रवार यहाँ आयोजित एक कार्यक्रममा पत्रकार महिलालाई स्यानीटाइजर, पञ्जा (ग्लोब्स ) र मास्क हस्तान्तण गरिएको हो । काठमाण्डौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ट खड्गीले ती स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।

कार्यक्रममा उपप्रमुख खड्गीले कोभिड–१९ बाट शुरुमा काठमाडौँ उपत्यकामा सुरक्षित भए्पनि उपत्यका छिर्ने सीमानाका कडाई गर्न नसक्दा असुरक्षित हुँदै गएको हुनाले सुरक्षित भएर काम गर्न जरुरी भएको बताउनुभयो । उहाँले जस्तोसुकै विपद्मा पनि पत्रकारले काम गर्नुपर्ने भएको हुँदा सुरक्षित भएर काम गर्नका लागि स्वास्थ्य सामग्री अनिवार्य रुपमा लगाउन आग्रह गर्नुभयो ।

डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले पत्रकार महिलालाई सुरक्षित रुपमा काम गर्नका लागि थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

17 July 2020

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Executive Board Committee (2025, November 15)
  • Glimps of First AGM
  • Disaster Journalism Network Elects New Executive Committee
  • वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान
  • Interaction Program with DJN

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb