Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

विपद् पत्रकारिता घटनामा आधारित समाचार लेखनमा सीमित हुन नहुने

Posted on April 12, 2024April 12, 2024 by admin


काठमाडौं ।  विपद् पत्रकारिता घटनामा आधारित समाचार लेखनमा सीमित हुन नहुने र विपद विषयमा समाचार लेखन समाधानमुखी हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिइएका छन ।

विपद् पत्रकारिता सञ्जाल (डिजेएन) द्वारा आज आयोजित ‘विपद् जोखिम न्यूनीकरणको मूल प्रवाहिकरण तथा स्थानीयकरणमा पत्रकारिताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा संचार तथा विपदसम्बद्ध विज्ञहरूले यस्तो घारणा राखेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले विपदबाट हुने क्षति रोक्नको लागि पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताए। उनले प्रर्याप्त सूचनाको आधारमा कम क्षति पुर्याउने तर्फ मिडियाले काम गर्नुपर्नेमा जोड दिए। कतिपय अवस्थामा मानवकै कारण पनि ठूलो विपद र जोखिम भोग्नुपर्ने अवस्थाको खोजी गर्ने, सरकार र स्थानीय सरकारको पूर्वतयारी कस्तो छ ? राहतको अवस्था कस्तो छ ? आदि प्रश्नको जवाफ पत्रकारले खोज्नुपर्ने बताए।

यसरी नै नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिजम नेटवर्क (निम्जन)का प्रमुख सम्पादक रजनीश भण्डारीले विपद व्यवस्थापनको क्षेत्रमा खोज समाचार गर्नुपर्ने बताए। 

 यस्तै कार्यक्रममा आरशाे नेपालका कार्यकारी निर्देशक जीतराम लामाले कार्यपालिकाहरूलाई जिम्मेवारी बनाउने, विपद मैत्री छ कि छैन खाेज्ने तथा त्यसका लागि बजेट छ कि छैन भनेर ध्यान दिनुपर्नेमा जाेड दिए ।
डिपिनेटका कार्यवाहक अध्यक्ष राजु थापा र डिमानका महासचिव विष्णु तिमिल्सिना लगायतले विपद व्यवस्थापन तथा जोखिम न्यूनीकरणको विषयमा विचार व्यक्त गरेका थिए।

सञ्जालकी अध्यक्ष अमिका राजथलाले नेपालमा विपद पत्रकारिता सुदृढीकरणका लागि समाचार कक्षहरूको सहकार्यका लागि उक्त संस्था स्थापना भएको बताइन्।

मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा सञ्जालकी अध्यक्ष अमिका राजथलाले नेपालमा प्राकृतिक विपद् तथा मानवद्वारा सृजित विपदहरुको विषयमा हामीले लामो समयदेखि पत्रकारिता गर्दै आए पनि विनाश वा विपद किन भइरहेको छ, कसरी न्यूनिकरण गर्न सकिन्छ, पूर्व तयारीको लागि स्थानीय तहको तयारी लगायतको विषयमा खासै चासो नदिएको बताइन्।

उनले नेपालमा विपद पत्रकारिता सुदृढीकरणका लागि समाचार कक्षहरूको सहकार्यका लागि उक्त संस्था स्थापना भएको बताइन्।

विपदसम्बन्धी उक्त अन्तर्क्रियापछि सम्पन्न सन्जालकाे प्रारम्भिक साधारण सभाबाट अमिका राजथलाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन  भएको छ  ।

साे अनुसार उपाध्यक्ष दुर्गा अधिकारी, महासचिव श्रीजन झा, सचिव देवी सापकाेटा, काेषाध्यक्ष शाेभा मानन्धर तथा सदस्यहरू दुर्गा बास्ताेला, शुभलक्ष्मी विक, नरेन्द्र ढकाल, विजया तिवारी, तारा ढकाल र अमृता घिमिरेकाे कार्यसमिति बनेकाे हाे ।
October 3, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Orientation programme for journalists on “Economic & Non-Economic Loss and Damage in Nepal”
  • विपदबाट हुने गैरआर्थिक क्षतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
  • “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पत्रकार अभिमुखीकरण” सम्बन्धी एकदिने कार्यशाला सम्पन्न
  • Journalist Orientation Program on Disaster Risk Reduction and Management
  • Journalist Orientation Program on Disaster Risk Reduction and Management

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb