Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

विपद पत्रकारिता सञ्जालको विधवत् अनलाइन उद्घाटन

Posted on April 11, 2024April 11, 2024 by admin

काठमाडैं । नेपालमा विपद पत्रकारितालाइ सुदृढ गर्न संचारगृहहरूका क्षमतावृद्धि तथा अन्तर समाचार कक्षबीच सम्बन्ध बढाउन विपद पत्रकारिता सञ्जालकेा गठन गरिएकाे छ । स्थानीय समुदायले विपदमा गर्नुपर्ने तयारीका लागि खोजमूलक लेख, शूक्ष्म तथा समाधानमुखी समाचार संकलनमा गरी समाज तथा राष्ट्रमा योगदान पुर्याउने प्रमुख उद्देश्य राखेर याे सञ्जालकाे निर्माणा गरिएकाे हाे ।  

वर्नमाउथ युनिभर्सिटी, बेलायतको सहयोग तथा क्रियाशील पत्रकार महिलाको सहकार्यमा स्थापना भएको संजालको वेभसाईट लन्च गर्दै आज (जुलाई १४, २०२०) विधवत्र अनलाइन उद्घाटन भएको हे । कार्यक्रममा वर्नमाउथ युनिभर्सिटी, विपद पत्रकारिता परियोजनाका मुख्य अनुसन्धानकर्ता डा. चिन्दु श्रीधरणले सहभागी सम्पूर्णलाई धन्यवाद दिंदै वेभसाईट खोलेर सञ्जालको उद्घाटन गर्नुभयो । उहाँले आफूले नेपालमा २०७२ सालमा गएको भूकम्पपछि गरेको अनुसन्धान (डिजास्टर जर्नालिजमः व्युल्डिङ मिडिया रेसिलेन्स इन नेपाल) ले दिएको सुझाबले सम्पादकीय रणनीति तथा विपदमा जोखिम न्युनिकरणका लागि काम गर्र्नुपर्ने थुप्रै कुरा देखाएकोले सोही अनुसार काम गर्नुपर्ने आवश्यकता बमोजिम नेटवर्कका लागि सहयोग गरेको बताउनु भयो ।

मिडियालाई गर्नु पर्ने सहयोग, जोखिम मुक्त हुन गर्नु पर्ने उपायहरुका लागि सञ्जालमा बसेर काम गर्न सजिलो हुने उहाँले जोड दिनु भयो । डा. चिन्दुका अनुसार युनिभर्सिटीले विपद पत्रकारितामा शिक्षण तथा चेतना फैलाउनका लागि नेपालका विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको छ ।

कार्यक्रममा सोही युनिभर्सिटीका मिडिया तथा सञ्चार विभागका कार्यकारी डिन आइनार थोर्सेनले पनि व्यक्तिगत सुरक्षा र व्यावसायिक सञ्चालनका लागि आपतकालिन योजना, विभिन्न विपद परिदृश्यका लागि सम्बिन्धत सम्पर्क कायम राख्ने, तयारी गर्ने, समाचार अनुसन्धानका लागि क्षमता अभिवृद्धिलगायतका विषयमा बोल्नु भएको थियो ।

कार्यक्रममा वर्नमाउथ युनिभर्सिटीका वरिष्ठ पत्रकार स्टेफेन जुक्सले पत्रकार सधैं जोखिममा रहने हुँदा तयारी पक्षमा विशेष ध्यान दिनु पर्ने बताउनुभयो । रोयटर्समा दुई दशक बिताइसकेका जुक्सले व्यक्तिगत सुरक्षाका उपायहरुलाई पनि विशेष ध्यान दिनुपर्ने बताउनु भयो । विल क्लिन्टन र मोनिका लेविन्स्की लगायत महत्वपूर्ण विषयवस्तुलाई प्रमुखतासाथ उठाएका जुक्सले मिडियाले जनसमुदायको आवाज बोल्ने हुँदा कतिपय मिडिया विश्वव्यापी रुपमा प्रख्यात भए पनि पत्रकारहरुले धम्कीपूर्ण व्यवहार ब्यहोर्न बाध्य भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विपदको अवस्थामा कस्तो किसिमबाट पत्रकारिता गर्ने भन्ने कुरा सिक्ने चरणमा नेपालका पत्रकारहरु रहेको उल्लेख गर्दै महासंघले पत्रकारहरुका लागि स्वास्थ्य सामग्री वितरण गर्दै आएको, पत्रकारहरुले रोजगार गुमाएका कारण जिविकोपार्जनमैं समस्या भएको बताउनु भयो । साथै उहाँले महासंघले पत्रकारहरुका लागि राहत वितरण गर्न रू. १ करोडको पत्रकार राहत कोष स्थापना गरिएको जानकारी गराउनुभयो ।

यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उमेश ढकालले रेडक्रस सोसाइटीले विपद अघि र पछि गर्नु पर्ने कामको खाका तयार गरेर काम गर्दै आएको उल्लेख गर्दै अहिलेको विपदमा हजारौं स्वयंसेवकहरु देशव्यापि रुपमा खटेर काम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा विपद पत्रकारिता सञ्जालसंग सहकार्य गर्दै अगाडि बढ्ने तत्परता जाहेर गर्नुभयो । यस्तै तत्परता नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले पनि देखाउनुभएको थियो ।

कार्यक्रममा सञ्जालका संयोजक अमिका राजथलाले  विपदका क्षेत्रमा जनचेतना फैलाउने मात्र नभएर समुदायको सहभागितामा यस क्षेत्रमा भएका समस्या, कमी कमजोरी पत्ता लगाउने तथा समाधान, मेलमिलापको लागि समेत हाम्रो रिपोर्टले उल्लेखनीय सहयोग पुर्याउने तथा समाधानमुखी पत्रकारितालाई बढावा दिने उद्देश्य रहेको बताउनु भयो ।

समाधानमुखी पत्रकारितामार्फत समुदायमा विपदको प्रभाव न्यूनिकरण तथा समुदायलाई पुनरुत्थानका लागि प्रोत्साहन गर्ने, स्थानीय सरकारको नीति निर्माणमा सहयोग गर्दै विपद जोखिम न्यूनिकरण, निराकरण तथा पुनरुत्थानका  लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा भएका राम्रो अभ्यासको बारेमा रिपोर्टिङ गर्ने उद्देश्य राखेको सञ्जालले सदस्य संस्थाहरूका बीचका अन्तर समाचारकक्षहरूको रिपोर्टिङ, सहभागितामूलक रुपमा गरिने संयोजक राजथलाले बताउनुभयो ।

कार्यक्रमको सहजिकरण गर्दै सञ्जालका सह संयोजक दुर्गा अधिकारीले संस्थाका अन्य उद्देश्यहरुका बारेमा जानकारी गराउँनुभएको थियो । विपद पत्रकारिता सञ्जालले विभिन्न खाले विपदहरूलाई एक अर्कामा अन्योन्याश्रित सम्बन्ध रहेको, जटिल प्रणालीहरू भएको र वृहत उद्देश्यसहित विपदको क्षति न्यूनिकरणका लागि संयुक्त प्रयास गर्नेछ । यस सञ्जालले वातावरण (क्लाइमेट), भूगर्भ, जोखिमपूर्ण स्वास्थ्य र महामारी (जस्तैःकोभिड १९)जस्ता क्षेत्रमा काम गर्नेछ । विपद पत्रकारिताका सम्बन्धमा भएका परम्परागत मूल्य मान्यता तथा रुढगत कारण पत्ता लगाई विपद पत्रकारितालाई सिर्जनात्मक रुपमा प्रवद्र्धन तथा रुपान्तरण गर्ने उद्देश्य  सञ्जालले लिएको छ ।

14 July 2020

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान
  • Interaction Program with DJN
  • Orientation program organized to Media Personnel
  • DJN organized an interaction Program on ‘Role of Journalism on Disaster Risk Reduction Mainstreaming and Localization ‘ on October 3, 2023
  • DJN AGM Program

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2025 | Built using WordPress and Responsive Blogily theme by Superb