Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

सञ्चारकर्मी पनि सुरक्षाकर्मी जस्तै अग्रपंक्तिमा

Posted on April 11, 2024April 11, 2024 by admin

अन्जु बराल

पोखरा, साउन २७ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य माननीय मिना गुरुङले कोभिड १९ को असरमा सवै क्षेत्रमा परेको भएपनि त्यसले सवैभन्दा प्रभावित गर्भवती तथा सुत्केरी महिला तथा बालबालिकामा परेको बताउनुभयो ।

कार्यस्थलमा पनि श्रमजिवी महिलाहरु कामबाट निस्कने पर्ने बाध्यता अहिलेको अवस्थाले सृजना समेत गरेको उहाँले बताउनुभयो । संचारकर्मीहरुले पनि स्वास्थ्यकर्मीले जस्तै अग्रपक्तिमा रहेर काम गरेकाे भन्दै खुलेर प्रसंशा गर्नुभयो । उहाँले समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर अगाडि बढेको अहिलेको सरकारले सवै विकास निर्माणका कार्यक्रमलाई थाती राखेर सरकार नागरिकको ज्यान जोगाउन तिर केन्द्रित भएको बताउनुभयो ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्णप्रसाद वास्तोलाले कोरोनाको असर नपरेको क्षेत्र कुनै नरहेको बताउँदै सवैलाई संयमित भएर काम गर्न आग्रह गर्नुभयो । कोरोनाकै कारण अहिले मानिसहरु एकअर्का सँग छुट्टिएर बस्न बाध्य बनाएको अवस्थामा हरेक व्यक्ति जिम्मेवार भएर सुरक्षाका उपाय अपनाउनको लागि आग्रह गर्नुभयो ।

एकजनाको लापरवाहीको कारणले यसको सक्रमण बढ्दै गएको बताउँदै उहाँले संचार क्षेत्रको जिम्मेवारी भनेको आम नागरिकलाई सचेत गराउनु हो र यो जिम्मेवारी बहन गर्न आफु लागि परेको बताउनुभयो । पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य सुस्मा पौडेलले कोभिड १९ ले गर्दा संचारमाध्यमहरु बन्द भएको अवस्थाको स्मरण गराउँदै संचारमाध्यम तथा पत्रकारका लागि पनि यो चुनौतीको अवस्था रहेको बताउनुभयो । यो विपद्को बेलामा संचारमाध्यम तथा पत्रकार अझबढी जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै क्रियाशील पत्रकार महिला WWJ कास्कीका पूर्ण अध्यक्ष सरिता तिम्सिना पंगेनीले आम नागरिक सम्म विपद्का समाचार कसरी सम्प्रेक्षण गर्ने, अत्यन्तै संवेदनशील विषयवस्तुको रिपोटिङ् गर्नका लागि संस्था गठन भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले विपद्को बेलामा हुने भौतिक क्षति भन्दा पनि सही सुचनाको अभावमा नागरिकमा गलत सुचना प्रवाह हुँदा हुने क्षति अझै भयावह हुने बताउनुभयो । संचारिका समुह गण्डकी प्रदेशका कार्यसमिति सदस्य तारा चापागाईले विपद् र यसपछिको अभाव, भयावह स्थितिलाई बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

क्रियाशील पत्रकार महिला WWJ कास्कीका अध्यक्ष शिला गुरुङ्ले सुचना दिने क्रममा एकदमै संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक विजय पंगेनीले कोभिड १९ ले नियन्त्रण गर्ने सवालमा हामी आफै जिम्मेवार हुनुपर्ने बताउनुभयो । लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष मानकुमारी बरालले यसको असर अझै बढी गृहणी महिलामा परेको बताउनुभयो । उपाध्यक्ष मंगली बाँस्तोलाले खोजमुलक पत्रकारिता तर्फ केन्द्रित हुन आग्रह समेत गर्नुभयो ।

विपद् पत्रकारिता सञ्जालका सह संयोजक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार अन्जु बरालले गर्नुभएको थियो । कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्य बारे जानकारी कार्यक्रमका संयोजक दुर्गादेवी वास्तोला गर्नुभएको थियो । विपद् पत्रकार सञ्जाल हालसालै गठन भएको संस्था हो । संस्थाले विपद्सँग सम्बन्धित लेख, विचार, रेडियो रिर्पोट, तथा खोजी पत्रकारितालाई प्राथमिकता राखेर समस्याको समाधानमुलक पत्रकारितालाई प्रोत्साहन गर्दछ । संञ्जालमा अहिले ६ वटा मिडिया सञ्चालकहरुको प्रतिनिधित्व रहेको छ ।

11 Aug2020

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Executive Board Committee (2025, November 15)
  • Glimps of First AGM
  • Disaster Journalism Network Elects New Executive Committee
  • वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान
  • Interaction Program with DJN

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb