Skip to content

Menu
  • Home
  • About us
  • Board
  • News
  • Activities
    • Training/Events
    • Disaster Diolouge
    • Research
  • Articles
  • Gallery
Menu

पत्रकारका लागि तनाव व्यवस्थापन तालिम

Posted on April 11, 2024April 11, 2024 by admin

काठमाडौं । बिपद् पत्रकारिता सञ्जाल, डिजेएनले आज (Stress Management) सम्बन्धी भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ। युएनडीपी, नेपालकाे सहयाेगमा अायाेजना भएकाे तालिममा ६० बढि पत्रकारहरुको सहभागिता रहेको थियाे भने कार्यक्रममा मनोविद् करुणा कुवँरले तनाव व्यवस्थापनका उपायहरु बारे जानकारी दिएकी थिइन् ।

मनोविद कुवँरले भर्चुअल मिटिङ मार्फत सहभागी पत्रकारहरूलाई कोभिडले पारेको असर र यस्तो बेलामा भइरहेको तनावलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सुझाव दिइन। मानिसहरूको मनमा हुने डर, त्रास, भय, घरपरिवारमा हुने मनमुटावका कुराहरू र यसले कस्तो असर पार्न सक्छ त भोलिका दिनमा वा भनौं भविष्यमा भन्ने बारे कार्यक्रममा उनले प्रस्टाएकी थिइन । ‘यस्ता नकारात्मक कुराहरूबाट हामी कसरी बच्ने । यस्ता अमर्यादित कुराहरूबाट हामी कसरी टाढा रहने र आफूभित्र भएको ‘म’ लाई हामीले कसरी चिन्न सक्छौं।’ उनले थपिन ‘हामी हाल विश्वलाई नै तहसनहस बनाएको कोभिड महामारीबाट कसरी सुरक्षित रहने र पत्रकारहरूले आफ्नो सुरक्षा कसरी गर्ने ।

फिल्डमा निस्कदा कसरी सुरक्षित रहने । कस्ता कस्ता कुराहरू पाठकहरू समक्ष पस्किने र सधैं नराम्रो खराव समाचार पनि त होइन हामीले नराम्रो कै बिचमा पनि केही राम्रो कुराहरू सकारात्मक कुरालाई जोडेर सन्देशमुलक कामहरू गर्न सक्छौं ।’ हिजो गर्न नसकिएका कामहरू आज र आज गर्न नसकिएका कामहरू भोली अवश्य पूरा गर्न सकिन्छ भन्ने कुराको मनन गर्न पनि उनले पत्रकारहरुलाई सुझाव दिएकी छन । मानिसलाई रिस उठ्छ,कहिले थकान महसुस हुन्छ, कहिले ज्यान भारी हुन्छ ।

कहिलेकाहीँ परिवारबिचमा मनमुटाव बढेको पनि हुन्छ । सानानानी बाबुहरूले नचाहिदोँ काम गरेर रिस उठाएको हुन सक्छन् ती कुराहरूलाई विस्तारै कान्ट्रोल गर्न उनले सहभागीलाई अनुरोध गरिन ।

कार्यक्रममा युएनडीपी, नेपालकी अावासिय प्रतिनिधि अाइसानी लाबेले पत्रकारहरूका लागि तनाव व्यवस्थापनकाे तालिमका लागि सहयाेग गर्न पाएकाेमा खुशी व्यक्त गर्दै विपद पत्रकारिता सञ्जाल, डिजेएनसँग पछि पनि सहकार्य गर्ने बताइन्र ।

यस्तै कार्यक्रममा डिजेएनका अध्यक्ष अमिका राजथलाले अहिलेको जटिल अबस्थामा तनाव व्यवस्थापन चुनौतिको रुपमा रहको बताउँदै भर्चुअल कार्यक्रम मार्फत भएपनि यसबारे छलफल गर्नु आवश्यक भएको बताएकी थिइन ।

देशका बिभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरु सहभागि रहेको डिजिटल संवादमा बरिष्ठ पत्रकार निर्मला आचार्य युएनडिपीका कमलराज सिग्देल नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ठ, सूर्य सुवेदीलगायत सहभागीहरु छलफलमा भाग लिएका थिए ।

17 May 2021

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Executive Board Committee (2025, November 15)
  • Glimps of First AGM
  • Disaster Journalism Network Elects New Executive Committee
  • वातावरण प्रदूषण नियन्त्रणका लागि सिकाई आदानप्रदान
  • Interaction Program with DJN

Office: Yangal, KMC-23 Kathmandu, Nepal
Email:djnnepal@gmail.com

©2026 | Built using WordPress and Responsive Blogily theme by Superb